श्री जनप्रिय माध्यमिक विद्यालयको वेवसाइटमा यहाँलाई हार्दिक स्वागत छ ।


सोलुखुम्बु जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको पिके पिकको काख टाप्टिङमा अवस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको स्थापना वि.सं. २०१० सालको जेष्ठ महिनामा भएको हो । यद्यपी तत्कालीन अवस्थामा विद्यालय स्वीकृति लिन सोलुखुम्बु, ओखलढुङगा र खोटाङको केन्द्र भोजपुर पुग्नुपर्ने र स्वीकृति प्रकृया समेत अत्यन्तै झन्झटिलो भएको कारण विधिवत रुपमा २०१४ सालमा श्री जनप्रिय मिडिल स्कुलको नाममा कक्षा १—५ सम्म संचालन अनुमति प्राप्त गरेको थियो । २०१७ सालमा राजनैतिक परिवर्तन भई पञ्चायत स्थापना भएपछि सरकारले त्यसताकाको शैक्षिक खाका परिवर्तन गरेको र विद्यालय संरचना १—३ प्रा.वि, १—७ नि.मा.वि र १—१० मा.वि.को अवधारणा ल्याएकोले तत्कालीन समयमा भद्रभलाद्मीहरुको संयुक्त भेलाले जनप्रिय मिडिल स्कुललाई कक्षा १—७ मा स्तरोन्नति गरि श्री जनप्रिय नि.मा.वि. टाप्टिङ नामाकरण गरिएको यस विद्यालय २०५० सालसम्म नि.मा.वि. तहसम्मको मात्रै अध्यापन हुने गरेको थियो । यस विद्यालयमा अध्ययनरत विद्यार्थीले माध्यमिक तहको शिक्षा हासिल गर्न सल्लेरी, केरुङ वा ओखलढुंगा जानुपर्ने बाध्यता भएको कारण २०५१ सालबाट यस विद्यालयलाई विधिवतरुपमा प्रस्तावित मा.वि.को स्वीकृति लिई माध्यमिक विद्यालयको रुपमा संचालनमा गरेको र २०७३ सालबाट कक्षा ११ को समेत स्वीकृति लिई हाल कक्षा १२ सम्मको कक्षा सञ्चालन गरिरहेको छ ।

विद्यालयको स्थापना देखि हालसम्मको विस्तृत विवरण यस वेवसाइको परिचय पेजमा राखिएको छ । थप अध्ययन गर्नको लागि यहाँ क्लिक गर्नुहोस् वा परिचय पेजमा जानुहोस् ।

अक्षयकोष दाताहरु


साविक वडा नं. १, च्याङवा

सोलुदुधकुण्ड नगरपालिका साविक वडा नं. १, च्याङवाबाट विद्यालयको अक्षकोष स्थापनाको लाग...

साविक वडा नं. २, फतान्जे

सोलुदुधकुण्ड नगरपालिका साविक वडा नं. २, फतान्जेबाट विद्यालयको अक्षकोष स्थापनाको लाग...

साविक वडा नं. ३, खाम्दिङ

सोलुदुधकुण्ड नगरपालिका साविक वडा नं. ३, खाम्दिङबाट विद्यालयको अक्षकोष स्थापनाको लाग...

साविक वडा नं. ४, ढिकुरे

सोलुदुधकुण्ड नगरपालिका साविक वडा नं. ४, ढिकुरेबाट विद्यालयको अक्षकोष स्थापनाको लागि ...

साविक वडा नं. ५, चैलुङ

सोलुदुधकुण्ड नगरपालिका साविक वडा नं. ५, चैलुङबाट विद्यालयको अक्षकोष स्थापनाको लागि स...

साविक वडा नं. ६, टाप्टिङ

सोलुदुधकुण्ड नगरपालिका साविक वडा नं. ६, टाप्टिङबाट विद्यालयको अक्षकोष स्थापनाको लाग...

साविक वडा नं. ७, लुम्सा

सोलुदुधकुण्ड नगरपालिका साविक वडा नं. ७, लुम्साबाट विद्यालयको अक्षकोष स्थापनाको लागि ...

साविक वडा नं. ८, जुके

सोलुदुधकुण्ड नगरपालिका साविक वडा नं. ८, जुकेबाट विद्यालयको अक्षकोष स्थापनाको लागि सह...

साविक वडा नं. ९, दिमिल

सोलुदुधकुण्ड नगरपालिका साविक वडा नं. ९, दिमिलबाट विद्यालयको अक्षकोष स्थापनाको लागि सह...

सूचना तथा समाचार


विद्यालयको लागि आर्थिक सहयोग

श्री जन प्रिय माध्यमिक विद्यालयका शैक्षिक गुणस्तर अभिवृद्धिका लागि हृदय देखि नै माय...

छात्रबृति सम्बन्धि जानकारी

यस जन प्रिय मा.बि टाप्टिङमा यस बर्ष नेपाल सरकार र बिभिन्न दातृसंस्थाको सहयोगमा यस बिद...