“अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कस्ले गर्ने ?” भन्ने मूल नाराका साथ जन प्रिय मा.बि टाप्टिङले एक करोड अक्षयकोष संकलन अभियान शुरु गरेको छ । विशेष गरि बिद्यालयको दरिलो आर्थिक स्रोत नहुदा र नेपाल सरकारले बिद्यालयलाई प्रयाप्त शिक्षक शिक्षक दरबन्दी नदिदा बिद्यालयमा निजि शिक्षक ब्यबस्थापनका लागि बारम्बार दाता खोज्नु पर्ने र दाताले पनि १÷२ बर्ष भन्दा बढि शिक्षक खर्च दिन नसक्ने परिस्थितिसंग बारम्बार मुकाबिला गरि रहनु पर्ने समस्याको दीर्घकालिन समधानका लागि बिद्यालयले यो अक्षयकोष निर्माण अभियानको अबधारण अगाडी सारेको हो । बिद्यालयमा अक्षयकोष स्थापनार्थ मिति २०८१ साल पौष ११ गते बसेको बि.व्य.स को निर्णयले बिद्यालयमा अक्षयकोष स्थापनाका लागि २५ सदस्य अक्षयकोष संकलन समिति र २० सदस्य अक्षयकोष संचालक समिति गठन गरि अक्षयकोष संकलन अभियानको शुरुवात गरिसकेको छ । अक्षयकोष निर्माणका लागि बसेको बि.ब्य.स बैठकका निर्णयसार, अक्षयकोष निर्माण समिति, त्यसका दूर दृष्टी तथा उद्देश्यहरु निम्न अनुसार छन्ः–