Donate Now

यस श्री जनप्रिय माध्यमिक विद्यालयमा ६ कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई फर्निचरको अभाव भइ पुराना तथा अति जिर्ण फर्निचरमा अध्यापन गराउन वाध्य हुनुपरेको, शौचालय अभावमा विद्यार्थीलाई शैचालय जान समस्या रहेको, व्यवस्थित पिउने पानीको अभाव रहेको, अफिसकोठामा फर्निचरको अभाव रहेको, विद्यार्थीलाई सूचना प्रविधिको माध्यमवाट शिक्षण सिकाई गर्न शिक्षकलाई कम्प्युटको तालिमको आवश्यकता रहेको, १२ वटा कक्षामा १२ जना मात्र शिक्षकको दरवन्दि हुँदा शिक्षक दरवन्दि कम भई गुणस्तरिय शिक्षा विद्यार्थी माझ पुर्याउन कठिन भएको, विद्यालयको नयाँ भवनको कोठामा विजुली वत्तिको वाइरिङ नभएकाले कक्षाकोठा अध्यारो भई पठनपाठन कार्यमा कठिन भएको,विद्यालयमा कार्यक्रम हलको व्यवस्था नहुदा पानी परेको समयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न कठिन भएको, विद्यालय छेउको टाप्टिङ खोलामा पुल नहुदा वाढी आएको समयमा विद्यार्थीलाई कुनै पनि समयमा खोलाले वगाउने जोखिम रहेको, धेरै विद्यार्थी विपन्न परिवारवाट अध्यापन गर्न आउने हुँदा कपि र कलम समेत लिएर आउन नसक्ने हुँदा तिनीहरुलाई आर्थिक अभावले विद्यालयले छात्रावृत्ति उपलब्ध गराउन नसकि गरिव तथा जेहेन्दा विद्यार्थीको पठनपाठन कम्जोर रहेको, यस विद्यालयमा यस्ता यावत समस्य रहेकाले यी समस्यालाई समधान गरी विद्यालयको चौतर्फी विकास गर्न रु. १,०००००००।– (अक्षेरुपी एक करोड रुपैयाँ) को अक्षयकोष स्थापना गर्ने सो रकम सङ्कलन गर्न नगदि रसिद छपाइ सोको प्रयोग गरी यस विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थी, यस विद्यालयमा अहिले सम्म कार्यरत शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, जनप्रतिनिधि, समाजसेवी, वुद्घिजिवि, शिक्षाप्रेमी व्यक्तिहरु, टोलटोलमा रहेका समूह, क्लव, वनसमूह, संघसस्था आदिबाट आर्थिक सङ्कलन गरी सो रकम मूल पूजीको रुपमा विद्यालयको मुद्घती खातामा राखी त्यसवाट आएको व्याजवाट विद्यालयको चौतर्फी विकास गर्ने घोषणा वमोजिम सो रकम संकलन अभियानका लागि मूल चन्दा संकलन समिति गठन गरियो ।

अक्षयकोष संकलन सम्बन्धी शर्तहरु

  • सङकलित सावा रकम वैङक खातामा जम्मा गर्ने जस्तो सुकै अवस्थामा पनि साँवा रकम खर्च नगर्ने
    व्याज वापतको रकम सामूहिक निर्णयवाट पार्दशिरुपमा खर्च गरिने छ ।
  • यो अभियान आगमी ३ वर्षसम्म निरन्तर जारी रहनेछ ।
  • रु. १००००।– भन्दा माथिको रकम चन्दा प्रदान गर्दा दुई किस्तामा पनि गर्न सकिने छ ।
  • रु. ५००००।– पचास हजार रुपैयाँ भन्दा माथिको रकम चन्दा प्रदान गर्ने व्यक्तिको अभियान समापन पश्चात कुलराशीका आधारमा क्रमशः ताम्रपत्रमा नाम लेखिने छ । वढीमा दुई दम्पत्तिले संयुक्त रुपमा प्रदान गरिने रकमलाई यसको आधार मानिन्छ । अन्य सहयोग दाताको नामावली प्रकाशन गरिने छ ।

इच्छुक व्यक्तिहरुले विद्यालयको राष्ट्रिय वाणिज्य वैङ्क, सल्लेरी शाखामा रहेको च.हि.नं. २०२०१०००००१२९००१ मा समेत रकम जम्मा गर्न सक्नु हुनेछ ।